Skip to main content

गजल

गोरुझैँ जुवामा नारी दिएर।
खुसि बनाइन्छ सारी दिएर।

उसले मेरो हातखुट्टा भाँचिदियो,
लुटीएको खेत र बारी दिएर।

कसम! जुनलाई नै चुनैती दियौ,
तिमिले घुम्टो उघारी दिएर।

तेरो दिल तँ बाट चोरीयो 'सुमन',
कोही गयो यस्तो जानकारी दिएर।

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...

स्व.वि.यू. एक अनावस्यक तमासामात्र

          आज भन्दा झन्डै एक वर्ष पहिलाको कुरा हो । प्रत्येक जसो क्याम्पसहरु रंगिन फोटा टाँसीएका पोस्टरहरुले झकिझकाउ थिए । सम्पूर्ण बिद्यार्थी संगठनहरु आफ्नो तागतले भ्याएसम्म चुनाबको प्रचारमा ब्यस्त थिए । क्याम्पसहरुको पठनपाठन स्थगित गरिएको थियो । बिद्यार्थीहरु बिचको आन्तरिक झगडाको कारण अन्तिम समयमा आएर चुनाब स्थगित भएको घोषणा गरियो । यो रंगमंचमा पात्र भन्दा बढी दर्शकहरु प्रभावित भए । घर खेत बन्धक राखेर बुढा बा आमाको एक भारी सपना बोकेर सहर पसेकाहरुको सपना माथि नमिठो प्रहार भयो । झन्डै २ महिना चुनाबी नाटकका कारण पठनपाठन पुरै प्रभावित हुन पुग्यो । न चुनाब भयो न त्यो बेला बिगारेको पढाइको क्षतिपूर्ति को नै वेवास्ता गरियो । बिद्यार्थीहरुको हक हित र सुबिधाको लागि स्थापना गर्ने भनिएको स्वबियु अन्तत बिद्यार्थीहरुको स्वत प्राप्त पठनपाठनको हक पनि खोस्ने कारण बन्न पुग्यो ।         त्रिभुवन बिश्वबिद्यालयले यसपाली पनि नाटकको दोस्रो संस्करण सार्बजानिक गरेको छ । यसपाली भने पहिला गुमेको विश्वासनियताका कारण प्रभाव अल...